Comments Add Comment

केयु तोडफोडको आरोपमा पक्राउ परेका खनाल रिहा, क्रान्तिकारीको हड्ताल फिर्ता

sushil-khanal-akhil-kranti

५ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा पक्राउ परेका अखिल क्रान्तिकारीका सचिव सुशील खनाल आइतबार रिहा भएका छन् । खनाल रिहा भएपछि अखिल क्रान्तिकारीले काठमाडौं विश्वविद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

काठमाडौं विश्वविद्यालयमा विद्यार्थी भर्नामा मेरिट लिस्टलाई लत्याइएको, विदेशी विद्यार्थी भर्नाको कोटामा व्यापक आर्थिक घोटला गरिएको, भर्नामा पि्र वुकिङ् गरी चरम आर्थिक अनियमितता गरिएको र यसअघि भएका सहमति पालना नगरिएकाले अखिल क्रान्तिकारीले आन्दोलन गर्दै आएको थियो । आन्दोलनको क्रममा काठमाडौं विश्वविद्यालयमा तोडफोड भएपछि प्रहरीले यही मंसिर १ गते खनाललाई पक्राउ गरेको थियो । उनी पक्राउ परेको विरोधमा क्रान्तिकारीले मंसिर ५ र ६ काठमाडौं विश्वविद्यालय र सो मातहतका सम्पुर्ण कलेजहरुमा शैक्षिक हड्ताल गर्ने कार्यक्रम घोषणा गरेको थियो ।

अखिल क्रान्तिकारीका काठमाडौं विश्वविद्यालय सहइन्चार्ज समेत रहेका खनाल रिहा भएपछि शैक्षिक हड्तालको कार्यक्रम फिर्ता लिइएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

तर काठमाडौं विश्वविद्यालयका अनियमितता र विसंगतिविरुद्ध आन्दोलन जारी रहने बस्नेतले बताए ।

पढ्नुहोस् अखिल क्रान्तिकारीको विज्ञप्ति 

akhil-krantikari-relese

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment