Comments Add Comment

रोबोटले गर्यो मानिसमाथि हमला, मानवजाति विरुद्ध युद्ध सुरु भएको चर्चा

चीनमा आयोजित एक प्रविधि मेलामा एउटा रोबोटले मानिसमाथि हमला गरेको छ । प्रदर्शनी अवलोकन गर्न आएका एक मानिसमाथि रोबोटले एक्कासी आक्रमण गरेपछि त्यसले ठूलै तरंग उत्पन्न गरेको छ ।

robert-attackसोसल मिडिया, खासगरी चिनिया सोसल मिडियाहरुमा एउटा बहस तिव्र रुपमा छेडिएको छ की आखिर अब रोबोटले मानिसमाथि आक्रमण गर्ने युगको सुरुवात भएकै हो ? के अब हामी रोबोट युगमा प्रवेश गरिसक्यौँ ।

चीनको सेन्झेनमा आयोजित इन्टरनेसनल हाइ टेक फेयरमा राखिएको लिटिल चबी नामक उक्त रोबोटले अचानक सिसाको बूथ तोडफोड गरिदियो र त्यहाँ रहेका एक मानिसमाथि समेत आक्रमण गरी घाइते बनाइदियो । मार्केटिंग एजुकेसनल टूलको रुपमा प्रयोग गरिँदै आएको उक्त रोबोटको मूल्य १३ हजार युआन थियो । लिटिल चबीको हिंश्रकपना देखेर सबै भयभित भए ।

रोबोटको आक्रमणबाट घाइते मानिसलाई तत्कालै स्ट्रेचरमा राखेर अस्पताल लगियो । घटना लगत्तै चिनिया सोसल साइट विबोमा रोबोट आक्रमणको विषय भाइरल बन्यो । यो आक्रमण मानव विरुद्ध रोबोटले सुरु गरेको पहिलो युद्ध भएको टिप्पणी पनि कतिपयले गरेका छन् ।

तर प्रारम्भिक अनुसन्धान रिपोर्टले भने रोबोट जानाजान मानिस विरुद्ध आक्रमणमा उत्रिएको नभै मानवीय गल्तीकै कारण असन्तुलित हुँदा दुर्घटना भएको देखाएको छ । एक अधिकारीका अनुसार कसैले रोबोटको फरवार्ड तथा ब्याक बटन एकैचोटी दबाउँदा रोबोट ढलेको र त्यसरी ढल्दा उसलाई राखिएको सिसाको शोकेस फुटेको तथा नजिकै उभिएका मानिस पनि घाइते भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment