Comments Add Comment

डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्यो

केसी र चिकित्सक संघका अध्यक्षबीच छलफल

Dr Govinda KC (6)

६ मंसिर, काठमाडौं । नौ दिनदेखि आमरण अनसनमा बसेका चिकित्सक डा. गोविन्द केसीको स्वास्थय अवस्था जटिल बन्न थालेको छ । उनलाई शारीरिक कमजोरी बढ्नुका साथै मांसपेशी र्फकने समस्या भइरहको छ । त्यस्तै गत साता देखापरेको मुटुको चाल घटबढ हुने समस्या फेरि दोहोरिएको छ ।

डा केसीको ब्लड प्रेसर र पल्स पनि घट्दै गएकाले उनलाई रोगको संक्रमण हुने खतरा बढ्दै गएको गएकाले कुनैपनि बेला आकस्मिक उपचारको आवश्यकता पर्नसक्ने उपचारमा संग्लग्न डाक्टरहरुले जनाएका छन् ।

यसैवीच चिकित्सा सेवामा सुधारको माग गर्दै ९ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले भेटवार्ता गरेका छन् ।

अनसनस्थलमा भएको भेटवार्तामा दुईबीच डा. केसीको आन्दोलन र समस्या समाधारका विषयमा छलफल भएको स्रोतले बतायो ।

डा. केसीसमक्ष डा. श्रेष्ठले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै समस्या समाधानका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा डा. केसीले चिकित्सक संघसँग आफुले सहयोगका लागि याचना नगर्ने बरु संघ आफैले बोध गरेर चिकित्सा सेवा सुधारको निम्ति लड्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment