Comments Add Comment

रजनीलाई हेर्न निम्तो बिना नै पुगे सलमान, अक्षयको गरे प्रशंसा(भिडियो रिपोर्ट)

rajani-and-aksya-film

नायक सलमान खान आइतबार मुम्बइमा आयोजना भएको एक चलचित्रको फस्टलुक कार्यक्रममा विना निम्तो नै पुगे । कार्यक्रम थियो, चलचित्र ‘२.०’को फस्टलुक रिलिज ।

साउथका सुपरस्टार रजनीकान्त अभिनित यो चलचित्रको फस्टलुक मुम्बइमा भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । चलचित्रमा रजनी र नायक अक्षय कुमार मुख्य भूमिकामा छन् । नायिका एमी ज्याक्सनलाई पनि दर्शकले पर्दामा हेर्न पाउँनेछन् ।

फस्टलुकमा हिरो रजनी र खलनायक अक्षयलाई देखाइएको छ । अबको संसार मानिसको मात्र होइन भन्ने मुख्य बिषयमा यो चलचित्र बनेको छ ।

चलचित्रको फस्टलुकको बिषयमा तयार पारिएको भिडियो रिपोर्ट यहाँ हेर्नुहोस्ः


कार्यक्रममा नायक सलमान खान आकर्षणमा रहे । उनले आफू निम्तो विना नै कार्यक्रममा आएको बताए । उनले आफू रजनीकान्तलाई हेर्न आएको बताए । सलमानले नायक अक्षय कुमार बलिउडको सवैभन्दा सफल र मिहिनेती कलाकार भएको सुनाए । साउथका सुपरस्टार रजनीकान्तले सलमान खानले समय दिए आफू उनीसँग तत्काल काम गर्न तयार भएको बताए ।

यो चलचित्र सन् २०१७ को तिहारमा रिलिज हुने भएको छ । ‘रोबट’ चलचित्रको सिक्वेलको रुपमा यो चलचित्र निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment