Comments Add Comment

तातोपानी नाका खोल्न अध्ययन भइरहेको छः चिनियाँ राजदूत होङ

pasang-and-yu-hong

६ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यु होङलेे तातोपानी नाका खोल्न अध्ययन भइरहेको बताएकी छन् ।

चीनसँग जोड्ने तातोपानी नेपालको एक प्रमुख व्यापारीक नाका हो जुन २०७२ वैशाखको महाभूकम्पपछि बन्द छ ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङले तातोपानी नाका खोल्नका लागि अध्ययन भइरहेको बताइन् ।

उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले भने, ‘राजदूत होङले नेपालमा विदेशी लगानीका लागि वातावरण बन्दै गएको बताउनुहुँदै चीन सरकारले नीजि क्षेत्रलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो र उहाँले तातोपानी नाका खोल्नका लागि अध्ययन भइरहेको पनि बताउनुभएको छ ।’

कान्तिपथस्थित बहादुरभवनमा भएको शिष्टाचार भेटमा राजदूत होङले नेपालमा विदेशी लगानीका लागि वातावरण बन्दै गएको बताउँदै चीन सरकारले नीजि क्षेत्रलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएको जानकारी गराएकी थिइन् ।

भेटमा उपराष्ट्रपति पुनले नेपालमा लगानीमैत्री वातावरण बनेको बताउँदै राजदूत मार्फत चिनियाँ लगानीकर्तालाई लगानीका लागि आग्रह गरेका थिए ।

चीनले लिएको वान बेल्ट वान रोडको नीतिप्रति नेपालको समर्थन रहेको बताउँदै पुनले यस कार्यक्रमबाट नेपालले पनि फाइदा लिनेतर्फ ध्यान दिनुपर्ने पनि बताए ।

उपराष्ट्रपतिले नेपाल र नेपालका सबै राजनीतिक दलहरु एक चीन नीतिप्रति प्रतिबद्ध रहेको राजदूत होङलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment