Comments Add Comment

मस्ती टकः भूवन केसीलाई देख्दा शरीरबाट वाफ उड्छ’: सुरविना कार्की(भिडियो कुराकानी)

Surbina Karki (3)

चलचित्र ‘झेली’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, सुरविना कार्की । सुरुवाती दिनमा फोटोसुट र चलचित्रमा हट दृश्य दिएकै कारण यी नायिकाले चर्चा पाइन् । तर, अब उनी चलचित्र छानेर मात्र गर्ने र भूमिकालाई प्राथामिकतामा राख्ने बताउँछिन् ।

अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै उनले धेरै कुराहरु खुलेरै व्यक्त गरिन् । यो क्षेत्रमा सुरुवाती दिनमा आउँदा आफूले कसैलाई पनि मत्तलव नगरेको भन्दै उनले सोचे भन्दा फरक रुपमा चलचित्र क्षेत्रलाई पाएको सुनाइन् ।

सुरविनासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

पहिलो चलचित्र नै असफल भएपछि केहि सोच्न वाध्य यी सुन्दरीले आफू स्टार हुन्छु भनेर नआएको सुनाइन् । चलचित्र ‘चर्खा’को छायांकनका क्रममा नायिका रजनी केसीसँग स्विमिङ पूलमा उनले चुम्बन गरेको तस्बिर नै सार्वजनिक गरिन् । यसबारेमा उनी भन्छिन्-‘हामी काम नहुँदा दिनको १२ बजेसम्म ढोका थुनेर बस्थ्यौ । मानिसहरु तिमीहरु ढोका लगाएर के गर्छौ समेत भन्थे । पछि, चुम्बन गरेको फोटो खिचेँ र फेसबुकमा हालिदिएँ ।’

उनलाई चलचित्रको पर्दामा न्यूड दृश्य दिनु नराम्रो कुरा हो भन्ने लाग्दैन । तर, यसलाई कसरि प्रस्तुत गर्ने निर्देशकको कुरा हो भन्ने उनको वुझाई छ । नायक भूवन केसीको हिडाई, बोलाई देख्दा आफ्नो शरीरबाट वाफ उड्छ भन्दै नायिकाले भनिन्-‘मलाई नायक आर्यन सिग्देल खुबै मनपर्छ । चलचित्रको पर्दा भित्र भने कर्माले रोमान्टिक दृश्य दिन सक्छन् भन्ने लाग्यो ।’
surbina-hot-2
जवाफ दिने क्रममा निकै हाँस्ने गरेकी सुरविनाले चलचित्र क्षेत्रमा बल्ल पाइला राख्दैछिन् । उनी, अब यसमै करिअर बनाउने सोचमा आएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment