Comments Add Comment

लोडसेडिङ नहुँदा पनि तेलको माग बढ्यो, निगमका कर्मचारी तीनछक्क !

भारु नोटको प्रभाव हो कि कालोबजारी हुँदैछ ?

petrol_pump८ मंसिर, काठमाडौं । राजधानीमा लोडसेडिङ हुन छाडेपछि नेपाल आयल निगमले तेलको माग घट्ने प्रक्षेपण गर्‍यो । ठूला जेनेरेटर थन्किएपछि डिजेल पेट्रोलको माग निकै घट्ने अनुमान अस्वाभाविक थिएन । तर, बजारमा मागको दर पछिल्लो समयमा घट्दो हैन, समान्य भन्दा दोब्ब्बर भएको छ र यसले आयल निगमको टाउको दुःखाएको छ ।

दैनिक साढे ५ सयदेखि ८ सय किलोलिटरसम्म डिजेलको माग हुने काठमाडौंमा अहिले दैनिक माग १६ देखि १८ सय किलोलिटरसम्म पुगेको आयल निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेल बताउँछन् ।

पेट्रोल पनि दैनिक ४ देखि ५ सय किलोलिटरसम्म माग छ । पेट्रोलको माग धानिरहेको आयल निगमलाई डिजेलको माग धान्न हम्मेहम्मे परेको छ ।

उपत्यकाबाहिर पनि तेलको माग उच्च छ । भारतीय सीमा क्षेत्रमा त झन तेलको माग अप्रत्याशित रुपमा उकालो लागेको छ । समान्यतयाः हिँउद सुरु भएपछि नेपालमा तेलको माग बढ्छ ।

Nepal-Oil-Corporation‘भारतमा भन्दा सस्तो हुँदाको असर’

लोडसेडिङ कम भएकै समयमा तेलको माग दोब्बर हुँदा आयल निगमका अधिकारी अचम्मित भएका छन् ।

देशमा कुल खपत हुने इन्धनको ३० देखि ४० प्रतिशत हिसा उर्जा अर्थात विद्युत उत्पादनमा खर्च हुन्छ । तर, जेनेरेटर चलाउनका लागि अहिले तेलको खपत निकै न्युन छ । यस्तो बेलामा पनि मागको उच्चवृद्धि भएपछि आयल निगमका अधिकारी कारण खोज्नतिर लागेका छन् ।

आयल निगमका अधिकारीहरु भारतीय गाडीहरुले नेपाली बजारमा तेल भर्ने क्रम बढदा माग बढेको हुनसक्ने बताउँछन् । भारतमा डिजेलको मूल्य नेपालमा भन्दा झण्डै २० रुपैयाँ २३ पैसा महंगो छ भने पेट्रोल पनि १२ रुपैयाँ ६६ पैसा महंगो छ । यसैका कारण नेपालबाट तेल भारतीय बजारमा गएको हुनसक्ने अनुमान उनीहरुको छ ।

बढ्दो कालोबजारी

सीमा क्षेत्रमा प्रहरी अधिकारी पनि नेपाल आएका गाडीले तेल भरेर लैजाने क्रम तीव्र भएको बताउँछन् । नेपालमा तेल सस्तो भएकै कारण नेपाली बजारबाट तेल लगेर भारतमा कालोबजारी गर्ने क्रम तीब्र भएको दावी आयल निगमको पनि छ ।

‘माग बढ्नुमा एण्टा प्रमुख कारण यही हो । अहिले निगमले तेलको मूल्य बढाउने अवस्था छैन’ निगमका एक उच्च अधिकारीले भने,‘नेपालबाट तेलको कालोबजारी भइरहेको सूचना हामीसँग छ । अहिले नेपालमा पम्पमा तेल भरेर भारततर्फ लगेर बेच्न गिरोह नै सक्रिय भएका छन् ।’

nepal_border_indian_oil_petrole_gettyपछिल्लो समयमा नेपाल आयल निगमले वितरणका लागि दिएको तेल कतिपय पम्पधनीले प्रहरीसँगको सेटिङमा सीधै सीमा क्षेत्रमा पुर्‍याउने गरेको आरोप आयल निगमकै अधिकारीहरु लगाउँछन् । गतवर्ष भारतीय नाकाबन्दीका समयमा भारतबाट तेल नेपाल ल्याए जसैगरी ब्यपारीहरुले तेल भारत पुर्‍याएको आशंका आयल निगमको छ ।

आयल निगममा थानकोट डिपो प्रमुख नेत्र काफ्ले दैनिक काठमाडौंमा १८ सय किलोलिटसम्म डिजेलको माग हुनु असामान्य भएको बताउँछन् । तर, दैनिक ८ सय किलोलिटरसम्म डिजेल उपलब्ध गराउन सके मागको दर घट्ने उनको विश्वास छ ।

मागअनुसार खै?: ब्यवसायी

पेट्रोलिययम डिलर्स एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधान दैनिक रुपमा हुने मागअनुसार निगमले तेल उपलब्ध गराउन नसक्दा माग बढ्दै गएको बताउँछन् । १६ सय किलोलिटर मागेको दिनमा ४ सय किलोलिटर तेल दिने निगमको लाचरीका कारण समस्या आएको उनी बताउँछन् ।

प्रधानले काठमाडौंबाट सीमा क्षेत्रसम्म लगेर तेलको कालाबजारी हुन नसक्ने भन्दै त्यस्तो भए प्हरीको सहयोग लिएर कारवाही गर्न निगमलाई आग्रह गरे ।

‘हप्तामा ५ दिन मात्रै तेल पाइरहेका छौं । दैनिक माग ८ लाख लिटर छ । दुई दिन तेल वितरण नगरेर थप दुई दिन तेल कम दिने बित्तिकै १६ सय किलोलिटर माग पुग्नु कुनै अस्वभाविक होइन’ अध्यक्ष प्रधान भन्छन् ।

भारु नोटको प्रतिबन्ध प्रभाव

तेलको माग बढ्नुमा भारतीय ५ सय र १ हजार दरका नोटमा लगाइएको प्रतिबन्ध पनि कारण बनेको निगमको ठम्याइ छ । आजभोलि भारतीय ट्रान्सपोर्टरहरुले यहाँका उद्योगी व्यवसायीसँगतेलमा ‘पेमेन्ट’ लिन थालेको निगमको दावी छ । भारतमा अहिले नोटको समस्या चरम छ ।

त्यसैकारण नेपालमा सामन बोकेर आएका गाडीले रुपैयाँमा भन्दा पम्पमा तेल किनिदिन कम्पनीहरुलाई लगाउने गरेको आयल निगमले जनाएको छ ।

‘कसैकोमा सामान लिएर आएका गाडीले केही पैसा लिने र सकेसम्म बढी तेल किन्न लगाएर लैजाने गरेको देखिएको ’, निगमका एक अधिकारीले भने,‘यो समस्या भारतीय नोटका कारण पनि आएको हो । यसले व्यवसायीलाई पनि नेपाली रुपैयाँमै पेमेन्ट दिन सहज भएको छ भने भारतीयलाई पनि सस्तोमा तेल किन्न र उता लगेर बेच्न सजिलो भएको छ ।’

आयल निगमले गरेका दावीलाई ब्यवसायी भने स्वीकार्दैनन् । उनीहरु निगमले मागअुसार तेल नदिएकै कारण समस्या आएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment