Comments Add Comment

विदेशी पैसाको आडमा एमालेको राष्ट्रवादी नाराः कानुनमन्त्री

'मधेसी जनता नै अंगिकृत विरोधी छन्'

८ मंसिर, भक्तपुर । कानुनमन्त्री अजय शंकर नायकले एमाले बिदेशी पैसाको आडमा राष्ट्रवादी देखिन खोजेको आरोप लगाएका छन् ।

ajay-shankar-nayakरफत सञ्चार क्लब भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री नायकले एमाले पार्टी एनजीओ/आइएनजीओको नाममा बिदेशीको पैसा र इसारामा सञ्चालन भइरहेको भन्दै त्यस्तो राष्ट्रवादी मुहारले राष्ट्रियता बलियो बनाउन नसकिने बताए ।

प्रतिपक्षी दलको नाममा एमालेले राष्ट्रहित विपरित आफ्नो पार्टीको हितमात्र सोचेको आरोप लगाउँदै मन्त्री नायकले भने, ‘एमालेको नक्कली राष्ट्रवादले देशलाई नै अन्यौलमा पार्न खोज्यो ।’

मधेसले नै अंगिकृत चाहँदैन

मन्त्री नायकले अंगिकृत नागरिकका बिषयमा मधेसी जनता र त्यहाँका दलका नेताहरु समेत सकारात्मक नभएको बताएका छन् । उनले भने, ‘अंगिकृतका पक्षमा मधेसमा पनि कोही छैनन्, केही दलाल नेताहरु लागेको भए निष्कृय पार्नुपर्छ ।’

उनले ठूला दलहरु इमान्दार भए मंसिर मसान्तभित्र निर्वाचनका लागि आवश्यक सबै ऐन आइसक्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment