प्रतिक्षित चलचित्र ‘बाहुवली २’को ९ मिनेट लामो फुटेज लिक भएको छ । फुटेल लिक गरेको आरोपमा चलचित्रका एक ग्राफिक्स डिजाइनरलाई पक्राउ गरिएको छ । सुटिङको दौरान यी डिजाइनरले चलचित्रको केहि फुटेज चोरेका थिए । सन् २०१७ को अप्रिल महिनामा यो चलचित्र रिलिज हुँदैछ ।
भारतीय मिडियाका अनुसार आन्ध्र प्रदेशको विजयवाडाबाट एक जना ग्राफिक डिजाइनरलाई गिरफ्तार गरिएको छ । हैदराबादको जुबली हिल्स पुलिस स्टेशनमा निर्देशक एसएस राजमौलीले उजुरी दर्ता गरेका थिए । लिक भएको फुटेज चलचित्रको क्लाइमेक्स रहेको बताइएको छ ।
डिजाइनरले यो फुटेजलाई इन्टरनेटमा राखिदिएका छन्, यसपछि भिडियो भाइरल बनिरहेको छ । ग्राफिक्स डिजाइनर हैदराबादको अन्नपूर्ण स्टूडियोमा काम गर्ने बताइएको छ । डिजाइनरको नाम भने खुलाइएको छैन । ‘बाहुबली’ सन् २०१५ मा रिलिज भएको थियो । जसले, सम्पूर्ण बक्स अफिस रेकर्ड तोडेको थियो ।
प्रतिक्रिया 4