८ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् ।
भतिज हिरा केसीका अनुसार कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा परेका हुन् । ७६ बर्षीय केसीको टाउको र ढाडमा चोट लागेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
केसी माइक्रो बसको ढोका छेउको सिटमा बसेका थिए । घुम्तीमा अचानक लड्न पुगे । स्थानीयको सहयोगमा उनलाई अस्पताल लगिएको र अहिले अवस्था सामान्य रहेको भतिज हिरा केसीले बताए ।
अध्यक्ष केसीलाई आज अस्पतालमै राखेर उपचार गर्नुपर्ने उनले जानकारी दिए ।
यस्तैबीच उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले केसीलार्इ भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् । भेटमा गृहमन्त्री निधिले उपचारमा कुनै कमी हुन नदिन अस्पतालका डाक्टरहरुसंग आग्रह गरे ।
डाक्टरहरुले एक दुई दिनमै उहाँलाई डिस्चार्ज गरिने बताएका छन् ।
प्रतिक्रिया 4