Comments Add Comment

हवाइजहाजको ट्वाइलेट जाम भएपछि आकस्मिक अवतरण

जब हवाइजहाज आकासमा उडिरहेको छ र हवाइजहाज भित्र यात्रुले दिसापिसाब गर्ने शौचालय जाम भयो छ भने के होला ? वास्तवमा यस्तो बेलामा के हुन्छ भनेर ठ्याक्कै भन्न सकिन्न । तर हालै एउटा हवाइजहाजको ट्वाइलेट जाम हुँदा हवाइजहाज डाइभर्ट गरेर आकस्मिक अवतरण गराउनु परेको छ ।

pia-planeक्यानडाको टोरन्टोबाट पाकिस्तानको लाहोरका लागि उडिरहेको पाकिस्तान एयरलाइन्सको जहाजमा रहेको शौचालय एक्कासी जाम भयो ।

ट्वाइलेट जाम भएर यात्रुहरुले दिसापिसाव गर्न नपाउने अवस्था सिर्जना भएको जानकारी पाएसँगै चालक दलका सदस्यहरुले विमान डाइभर्ट गरी बेलायतको म्यानचेस्टरमा लगेर आकस्मिक अवतरण गराउनुपर्यो ।

समाचार अनुसार पाकिस्तानी एयरलाइन्सको पिके ७९८ जहाजको ेशौचालयमा कुनै ठोस वस्तु अड्किएपछि जाम भएको थियो । उक्त बोइंग जहाजलाई म्यानचेष्टर विमानस्थलमा झण्डै ३ घण्टा राखेर शौचालयको पाइपलाइन सफा गरी लाहोरतर्फ उडाइयो । कुनै अज्ञात यात्रुले शौचालयमा ठोस वस्तु हालिदिएका रहेछन् ।

विमानका सबै शौचालय एउटै पाइपमा जोडिएका कारण एउटा जाम भएपछि सबै शौचालय जाम भए । जसका कारण विमानले आकस्मिक अवतरण नै गर्नुपर्ने अवस्था आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment