Comments Add Comment

गैंडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दियो, महिलाको मृत्यु

९ मंसिर, नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोटको हर्कपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

gaindakot-nabalparasiविहीबार बिहान ८ बजे लु १ ख ८९०८ नम्बरको बसले ना ४२ प ७६८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार महिलाको मृत्यु भएको हो । मृतक महिलाको सनाखत नभएको र शव भरतपुर अस्पताल पठाइएको बिजय एफएमले जनाएको छ ।

बसले ठक्कर दिएर उछिट्टिएको ना ४२ प ७६८४ नम्बरको मोटरसाइकल ना ३० प ४५१२ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो ।

दुर्घटनामा ना ३० प ४५१२ नम्बरको मोटरसाइकल चालक चितवन नारायणी ४ का २६ वर्षीय हरी बास्तोला र पछाडि बसेकी सोही ठाउँकी २६ वर्षीय रामनता बास्तोला घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न चितवन मेडिकल कलेज लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment