+
+
Shares

राप्रपाले भन्यो- संविधान संशोधन दर्ता गर्न दिन्न भन्नु अतिवाद हो

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ९ गते १८:४८

kamal thapa

९ मंसिर, काठमाडौं । नव एकीकृत राप्रपाले मधेसको माग सम्बोधनका लागि संविधान संशोधनको प्रस्ताव पारित गर्नै नदिने एमालेको निर्णय अतिवाद भएको आरोप लगाएको छ ।

पार्टी एकीकरणपछि आयोजित पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापाले मधेसको माग सम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव नै दर्ता गर्न दिन्न भन्नु एमालेको अतिवादी चरित्र भएको आरोप लगाए ।

विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, ‘मधेसको माग सम्बोधन भएन भने चुनाव हुँदैन, त्यसैले संविधान संशोधन हुन दिन्न भन्नु, सदन र सडकमा आन्दोलन गर्छु भन्नुले मुठभेड निम्त्याउँछ ।’

उनले अघि भने, ‘चित्त नबुझे भोट नहाले हुन्छ, तर यदि मधेसको माग सम्बोधन गर्न संविधान संशोधन भएन भने निर्वाचन हुन सक्तैन, त्यसले संविधान संकटमा पर्न सक्छ ।’

सरकारले ल्याउन लागेको भनिएको संविधान संशोधनको प्रस्तावको बारेमा आफूहरुसँग छलफल नभएको र यदि छलफलका लागि आयो भने पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने अध्यक्ष थापाको भनाइ थियो ।

पार्टी महाधिवेशन आगामी माघमा

त्यस्तै राप्रपाले आफनो महाधिवेशन आगामी माघ मसान्त सम्म गर्ने निर्णय गरेको छ । मिति र स्थानको चयन पछि हुने भए पनि महाधिवेशन माघ मसान्तसम्म हुने अध्यक्ष थापाले बताए ।

केन्द्रीय स्तरमा एकीकरण भएको पार्टी मंसिर मसान्तसम्म स्थानीय स्तरमा पनि एकीकरण भैसक्ने राप्रपाले जनाएको छ ।

पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणाले एकीकरण भएको पार्टी अब नफुटने दाबी गरे ।

‘हिजो सत्तामा जाने कि नजाने र हिन्दु राज्यको विषयमा विवाद थियो, त्यो अहिले मिलिसकेको अवस्थामा पार्टी एकीकरण भएको हो, यो अब फुट्दैन,’ राष्ट्रिय अध्यक्ष राणाले भने ।

पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले अहिले राप्रपा सरकारमा सहभागी भएन पनि नेपाली कांगे्रस र माओवादीले सत्ता साझेदारजस्तो पार्टीको व्यवहार नगरेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द भने सहभागी थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?