+
+

कसैलाई निषेध होइन, सबैलाई समेट्छुः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ९ गते १२:४५

pushpa-kamal-dahal-prachand

९ मंसिर, सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कसैलाई निषेध गरेर होइन, सबैलाई समेटेर राष्ट्रिय एकता बलियो बनाउन सरकार लागिपरेको बताएका छन् । राजनीतिक शक्तिबीच एकताका लागि पहल भइरहेको पनि बताए ।

सिन्धुलीको कल्पबृक्षमा बिहीबार दिउँसो आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘संविधान कार्यान्वयन गर्नु र तीन तहको निर्वाचन समयमै पूरा गर्नु सरकारको प्रमुख राजनीतिक कार्यभार हो । देशभित्रका कसैलाई निषेध गरेर होइन, सबैलाई सम्मान र एकतावद्ध गरेर मात्रै राष्ट्रिय एकता मजबूद बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ ।’

सो अवसरमा प्रधानमन्त्रीले सिन्धुली जिल्लाको समग्र विकासका निम्ति आफ्नो ध्यान गएको बताउँदै सिन्धुलीमा सडक, पुल, खानेपानी, जलविद्युत, सिंचाई, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका लागि पर्याप्त बजेट व्यवस्था गर्ने आश्वासन दिए । उनले गरिवका लागि सरकार, जनता पेन्सन, युवा स्वरोजगार जस्ता कार्यक्रम एवम् ठूला परियोजनाहरुको सफल कार्यान्वयनका लागि आफै पहलकदमी लिइरहेको जानकारी दिए ।

सिन्धुली जिल्लासहित सबै जिल्लाका भूकम्प पीडितलाई तत्काल राहत दिइने बताउँदै प्रधानमन्त्रीले सिन्धुली जिल्लाका राजनीतिक दलहरुले संयुक्तरुपमा पेश गरेका जायज माग पूरा गर्ने बचन दिए ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार नै सिन्धुलीको कपिलाकोट र कल्पबृक्ष जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?