Comments Add Comment

मलाइका र अरवाजको डिभोर्समा के अर्जुन कपुर हुन् भिलेन ?

arjoon-and-malaika-arora
बलिउडका २ कलाकार अरवाज खान र मलाइका अरोरा खान डिभोर्सका लागि वकिलकोमा पुगिसकेका छन् । १८ बर्ष लामो वैवाहिक जीवनलाई विश्राम लगाउँदै यी दुइले अलग हुने निर्णय गरेका छन् ।

मलाइका र अरवाजले आखिर किन, वैवाहिक जीवनलाई अलग बनाउने निर्णय गरे ? अहिले बलिउड बजारमा यो चर्चा खुबै भैरहेको छ । मलाइका र अरवाजविच फाटो आउनुमा अभिनेता अर्जुन कपुर भिलेन रहेको टिप्पणी नभएको होइन । बलिउडमा प्रवेश नगर्दा नै अर्जुनको मलाइकासँग प्रेम रहेको चर्चा भारतीय मिडियामा भएको पाइन्छ ।

मलाइका जब अरवाजसँग अलग भएर छुट्टै अपार्टमेन्टमा बस्न थालिन्, अर्जुन रातमा देखिन थाले । अर्जुनको धेरै पटक पापाराजीहरुले मलाइकाको अपार्टमेन्टबाट निस्कदै गरेको तस्बिर क्लिक गरेका छन् । जसकाकारण पनि, अर्जुन नै डिभोर्समा मुख्य भिलेन हुन् कि भन्ने चर्चा भैरहेको छ ।

डीएनए नामक पत्रिकासँगको कुराकानीमा मलाइकाले अर्जुनबारे भनेकी छिन्-‘अर्जुन मेरा निकै मिल्ने साथी हुन् । तर, मानिसहरु यो सम्बन्धलाई विभिन्न तरिकाले व्याख्या गरिदिन्छन्, जुन गलत छ ।’ मलाइको यो भनाई सार्वजनिक भएपछि यसलाई विभिन्न कोणबाट चर्चा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment