+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

क्यान्सरका बिरामीलाई विज्ञको सुझावः मिर्गौला जोगाउन ग्रीन टी खानुहोस्

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ मंसिर १० गते ११:४०

green-tea-health-benefits

१० मंसिर, काठमाडौं । ‘ग्रीन टी’ को सेवन स्वास्थ्यका लागि फाइदाजनक छ । यसमा भएको एन्टी अक्सिडेण्ट तत्वले छालालाई सुन्दर बनाउनुका साथै शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । यसबाहेक ‘ग्रीन टी’ को यति धेरै फाइदा छ, जुन हामीले सोचेभन्दा बाहिर छ ।

भारतको दिल्लीस्थित अल इण्डिया इष्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) अस्पतालले हालै गरेको एक अनुसन्धान अनुसरा ‘ग्रीन टी’मा भएको तत्वले मिर्गौलाको विषाक्ततालाई कम गर्न तथा क्यान्सर रोग विरुद्धको औषधि ‘सिस्प्लाटिन’ले गराउने क्षतिलाई कम गर्न प्रभावकारी भूमिका खेल्छ ।

विशेषज्ञहरु चिकित्सकहरुका अनुसार यो अनुसन्धानले नयाँ औषधिको खोजको नेतृत्व गर्न सक्छ, जसले ‘सिस्प्लाटिन’, क्यान्सर रोगको उपचारमा प्रयोग हुने केमोथेरापी, को दुस्प्रभावलाई कम गर्न सक्छ ।

यस अनुसन्धानले ‘ग्रीन टी’ बाट प्राप्त इपिक्याथेचिन गैलेट (इसिजी) अर्थात पोलिफेनोलिक मिश्रणको उपयोगिताबारे मूल्यांकन गरेको छ, जसले सिस्प्लाटिनका कारण मिर्गौलामा हुन सक्ने क्षतिको रोमथाम गर्छ ।

सिस्प्लाटिनले मिर्गौलामा नेफ्रोटक्सिसिटी तथा जीवनलाई नै जोखिममा पार्ने गरी मिर्गौलामा क्षति पुर्‍याउने जस्ता साइड इभेक्ट उत्पन्न गराउँछ ।

‘यसको पहिचान सिस्प्लाटिनले गर्ने विभिन्न साइड इभेक्टलाई कम गर्नका लागि औषधिको रुपमा विकास गर्न सम्भव छ’, एम्स अस्पतालस्थित फर्मालोजी विभागका चिकित्सक डा. वाई. के गुप्ताले भने । फर्माकोलोजी विभागकी अनुसन्धानकर्ता तथा प्रोफेसर जागृती भाटिया तथा उनको टिमले गरेको यो अनुसन्धान ‘लेबोरेटोरी इन्भेष्टिगेसन’ जर्नलमा प्रकाशित छ ।

झण्डै ३० प्रतिशत विरामीहरुले सिस्प्लाटिनको प्रारम्भिक डोज प्राप्त गर्ने विरामीमा नेफ्रोटक्सिटी विकास भएको पाइएको छ । सिस्प्लाटिनले मिर्गौलाको कोषिकाहरुमा फ्रि-र्‍याडिकल उत्पादन गराउँछ जसले मिर्गौलामा तनाव तथा सुझन उत्पन्न गराउँछ ।

भाटियाले भनिन्- ‘अध्ययनका क्रममा हामीले के पत्ता लगाएका छौं भने ‘ग्रीन टी’बाट निकालिएको इसिजीले क्रमशः सिस्प्लाटिनले गरेको मिर्गौलाको क्षतिलाई कम गर्दै लैजान्छ । यो अझ बढी ५ एमजी /केजीमा प्रभावकारी रुपमा काम गर्दछ, जसलाई दश दिनसम्म इन्जेक्सको माध्यमद्वारा मुसामा लगाइएको थियो । इसिजीले मुसामा भएको सुजनलाई कम गर्नुका साथै कोषिकालाई मर्न दिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?