Comments Add Comment

पाथीभरामा तिर्थयात्रीसँगै घुम्न आउने बढे (फोटो फिचर)

pathibhara-tourist-16१२ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रमा पछिल्लो समय हिमालको मनोरम दृष्य हेर्ने पर्यटकको पनि भिड लाग्न थालेको छ ।

केहि समय अघिसम्म पाथीभरा मन्दिरमा दर्शन र पूजा पाठका लागि मात्र तिर्थयात्री आउने गरे पनि अहिले यस क्षेत्रबाट विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल लगायत पर्यटकीय क्षेत्रको अवलोकनका लागि पनि दैनिक आन्तरीक तथा बाह्य पर्यटक भित्रन थालेका हुन् ।

pathibhara-tourist-13साउन भदौ, असोज र चैत महिना मन्दिरमा दर्शनका लागि उपयुक्त महिना भएकाले सो समयमा पाथीभरामा पुजा पाठका लागि तिर्थयात्रि आउने र बाँकि समयमा यस क्षेत्रबाट दृश्यावलोकनका लागि आन्तरीक तथा बाह्य पर्यटकको चाप बढी हुने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलले बताए ।

कात्तिकदेखि पुससम्म हिमाल अवलोकन, फोटो खिच्न र घुमफिरका लागि उपयुक्त मौषम हुने भएकाले यो समयमा दर्शन र पुजा पाठका लागि भन्दा घुम फिरका लागि बढि पर्यटक आउन गरेको अध्यक्ष पौडेलको भनाइ छ ।

pathibhara-tourist-12यो महिनामा हिमपात पनि नहुने र चिसो समेत कम हुने भएकाले विद्यार्थीलाई अवलोकन भ्रमणका लागि लैजाने विद्यालयको संख्या पनि उल्लेख्य हुने गरेको छ । पछिललो समय हेलिकोप्टर चार्टर गरेर पाथिभरा र कञ्चनजंघा क्षेत्र घुम्नेको सँख्या पनि दिनहुँ बढ्ने गरेको यस क्षेत्रमा हेलिकोप्टर पठाउँदै आएका मनाङ् एयरका सञ्चालक ईश्वरी पौडेलले बताए ।

पुस महिनापछि हिमपात हुने भएकाले हिउँमा रमाउने केहि आन्तरीक र बाह्य पर्यटन पनि यस क्षेत्रमा आउन गरेको पाथिभरा क्षेत्रमा होटल व्यवसाय गरी बसेका स्थानिय ईन्द्रनारायण भट्टराईको भनाइ छ ।

pathibhara-tourist-9यस क्षेत्रबाट कञ्चनंघा हिमसृखला अन्तर्गतका कुम्भकण, पेण्डपिक लगायत एक दर्जन बढि हिमाल साथै मकालु क्षेत्रका हिमाल र भारतको दाजेलिङ सम्मको अबलोकन गर्न सकिन्छ ।

pathibhara-tourist-8 pathibhara-tourist-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment