Comments Add Comment

टी टकः फेसबुकमा नराम्रो लेख्नेलाई हटाइहाल्छुः सपना मगर

sapana

दोहोरी प्रतियोगितावाट सफल हुँदै गायन क्षेत्रमा आएकी हुन् लोकगायिका सपना गाहा मगर । दुई दर्जन बढी लोक दोहोरी गीतमा स्वर दिएकी सपना अहिले स्टेज कार्यक्रममा ब्यस्त छिन् । हिउदभरी विभिन्न महोत्सबका लागि विभिन्न जिल्ला पुग्ने यी गायिका साउन र भदौमा तीज गीत गाएर धेरै कमाइ हुने बताउँछिन् । उनैसँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म अहिले अल्छी हुन थालेकी छु । बिहान त ढिलै हुन्छ ।

ब्रेकफाष्ट के खानुहुन्छ ?
घरमा हुँदा त ब्रेकफाष्ट खान्न । बाहिर कार्यक्रममा गएको वेला जे पाइन्छ त्यहि । अरु साथीहरुले जे मन पराउँछन् त्यही नै खान्छु ।

घरमा हुँदा के गर्नुहुन्छ ?
काम भयो भने गर्छु । नत्र टीभी हेरेर र गीत सुनेरै दिन बिताइदिन्छु ।

मिल्ने साथी कति छन् ?
छन् थुप्रै । नामै त नभनौ कि । फेरि कसैको छुट्यो भने रीसाउलान् ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
त्यती धेरै त चलाउँदिन । खै किन हो अचेल मेरो घरमा नेट राम्रो चल्दैन ।

साथीको सूचीवाट कतिलाई हटाउनु भयो ?
केही साथीहरुलाई हटाए । मसँग बोलिरहन खोज्ने र बोलेन भनेर रिसाउनेहरुलाई हटाइदिन्छु । बोलेन भनेर नराम्रो कुरा लेख्ने पनि छन,् त्यस्तालाई पनि तत्कालै हटाइदिन्छु ।

दिनमा कति खर्च हुन्छ ?
मैले त हिसाबै निकालेको छैन । कहिले हजारले पनि पुग्दैन । कहिले सय पनि खर्च हुँदैन ।

धेरै खर्च के मा हुन्छ ?
धेरै खर्च त खानपीनमै हुन्छ । लूगा फाटोमा त्यति धेरै खर्च गर्दिन ।

कमाई कति हुन्छ नि ?
त्यो पनि त्यस्तै हो । कहिले लाख पनि हुन्छ । कुनै महिनामा पाँच हजारमै पनि चित्त बुझाउनुपर्छ ।

सबै भन्दा धेरै कमाई कहिले हुन्छ ?
धेरै कमाई त साउन र भदौमा हुन्छ । तीजको गीत गाउँदा धेरै कमाई हुन्छ ।

आफूले गाएको मध्ये सबै भन्दा राम्रो गीत ?
मलाई त आफुले गाएको सबै राम्रो लाग्छ । बरु एउटा गीत थियो । त्यो म अहिले सम्झन पनि चाहन्न ।

के काम गर्दा तपाइलाइ अल्छी लाग्छ ?
आफूले गर्नुपर्ने कुनै पनि काम गर्दा मलाई अल्छी लाग्दैन । सबै काम जाँगर लगाएर गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment