Comments Add Comment

जाडोमा स्वस्थ रहने काइदाः मज्जाले घाम ताप्नुस्, खुब पानी पिउनुस्

cold-jado

जाडोयाममा विभिन्न खाले स्वास्थ्य समस्या देखिने गर्दछन् । यस्तो अवस्थामा आफुलाई विमारीबाट कसरी बचाउने र जाडोको मज्जा कसरी लिने भन्ने कुरा राम्रोसँग बुझ्नु आवश्यक हुन्छ ।

जाडोयाममा शरीरलाई तन्दुरुस्त राख्नका लागि मज्जाले घाम ताप्न डाक्टरहरु सल्लाह दिन्छन् । यदि निरन्तर घाम ताप्न नपाएमा भिटामिन डीको कमी हुनसक्छ । भिटामिन डीको कमीले डिप्रेसन, जोर्नी दुख्ने तथा रोगप्रतिरोधी क्षमता ह्रास हुने जस्ता स्वास्थ्य समस्या पैदा हुन्छन् ।

हरेक दिन बिहान उठिसकेपछि खाजा खानुअघि आधा लिटर पानी पिउनुहोस् र दिनभर हरेक घण्टा उचित मात्रामा पानी पिउनुहोस् ।

विज्ञहरुका अनुसार जाडोयाममा हृदयाघातका कारण ज्यान गुमाउनेहरु बढी हुन्छन् । यसका विभिन्न काणहरु हुन्छन् । पहिलो त दिन छोटो हुँदा शरीरको जैविक घडीमा प्रभाव पर्दछ र शरीरमा हर्मोनको असन्तुलन हुनजान्छ । त्यस्तै दिन छोटोे हुँदा घाम ताप्न पाउने समय पनि घट्ने हुनाले भिटामिन डी को कमी हुन्छ । जसका कारण हृदयाघातको जोखिम बढ्दछ ।

चिसो मौसममा मुटुका धमनीहरु संकुचित हुन्छन् जसका कारण मुटुमा रगत तथा अक्सिजनको कमी हुन जान्छ । यसले ब्लड प्रेसर बढाउँछ । चिसो मौसममा खासगरी पाका मानिसहरु डिप्रेसनका शिकार हुने गर्छन् । जसका कारण उनीहरुमा तनाव तथा हाइपरटेन्सन निकै बढ्छ । चिसोमा डिप्रेसनबाट पीडित मानिसहरु प्रायः चिनी, चिल्लो तथा सोडियम र धेरै क्यालोरीयुक्त आरामदायी भोजन खान लाग्छन् । जसका कारण मधुमेहको जोखिम बढ्दछ ।

जाडोमा स्वस्थ रहन निम्न कुरामा ध्यान दिऔं-

सुस्वास्थ्य कायम राख्नका लागि फाइबरयुक्त खानेकुराहरु पर्याप्त खानुहोस् । फलफूल, सागपात पर्याप्त मात्रामा खाने । त्यस्तै अंकुरित अनाज तथा काँचो फल तथा सलाद खानाले शरीरमा आवश्यक इन्जाइम, भिटामिन तथा रोग प्रतिरोधी एन्टी अक्सिडेन्ट प्राप्त हुन्छ ।

पर्याप्त पानी पिउने । पानी पिउनाले उर्जा, मानसिक स्पष्टता तथा पाचन प्रणाली पनि राम्रो बनदछ ।

मज्जाले घाम ताप्ने । अहिले अधिकांस मानिसहरु भिटामिन डी को कमीबाट पीडित छन् । जसका कारण डिप्रेसन, जोर्नी दुख्ने आदि समस्या बढिरहेका छन् । त्यसैले जाडो याममा बढि भन्दा बढि घाम ताप्ने गर्नुस् ।

धुम्रपान नगर्नुहोस् । यसले स्वासप्रस्वास सम्बन्धी रोगहरु, जस्तै दम आदि बढाउँछ र जाडो याममा झनै गाह्रो हुन्छ । यो हृदयाघातको कारक पनि बन्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment