Comments Add Comment

डा. केसीका समर्थक छुटे, सरकारसँग वार्ता सुरू

Dr Govinda KC (6)

१२ मंसिर, काठमाडौं । विगत १४ दिनदेखि आमरण अनसनरत डा. केसीका प्रतिनिधि र सरकारबीच वार्ता भइरहेको छ । पक्राउ परेका केसीका समर्थकहरुलाई प्रहरीले रिहा पनि गरिसकेको छ ।

शनिवार त्रिवि उपकुलपति डा. तीर्थ खनियाको घर घेर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले रिहा गरेलगत्तै आइतबार सरकारी टोली र डा. केसीको वार्ता टोली बीच पहिलो चरणको वार्ता सुरु भएको हो ।

काठमाडौंको सिंहदरबारमा जारी वार्तामा डा. केसीको पक्षबाट डा. वाईवी सिंहले नेतृत्व गरेका छन् । जसमा लिलन महर्जन, डा. सचित शर्मा, डा. रञ्जन सापकोटा, डा. जीवन क्षेत्री लगायत छन् ।

त्यसैगरी, सरकारी पक्षबाट शिक्षामन्त्री धनीराम पौडेल तथा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उपे्रती सम्मिलित दुई सदस्सीय टोली छ ।

त्रिवि उपकुलपति डा. तीर्थ खनिँयालाई पदबाट बर्खास्त गर्नु पर्ने मागसहित शनिवार कीर्तिपुरस्थित उनको घर घेर्न पुगेका ३१ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेपछि शनिवारबाट सुरु हुने भनिएको वार्ता स्थगित भएको थियो ।

‘हिजै वार्ता बस्ने भनिएता पनि पक्राउ गरिएका चिकित्सकलाई रिहा नगरेसम्म वार्तामा नआउने हाम्रो अडान थियो’, डा. केसीका पक्षबाट वार्ता टोलीका प्रतिनिधि डा. रञ्जन सापकोटोले भने, ‘अहिले सबै चिकित्सकहरु रिहा भैसकेको अवस्थामा हामी वार्तामा बसेका हौं ।

सरकार पक्षको प्रतिकृयाकै आधारमा वार्ताले कुन मोड लिन्छ भन्ने तय हुने उनले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘हामीले वार्ता गर्ने भनेको सबै डा. केसीको मागलाई लिएर हो । त्यसमा सरकारको प्रतिक्रिया कस्तो आउँछ, त्यसैको आधारमा कुरा अगाडि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment