१२ मङ्सिर, दोलखा। जिरी नगरपालिकालाई इन्जिनियर पर्याप्त नहुँदा पुनःनिर्माणको काम प्रभावित बनेको छ ।
यसअघि नै पुनःनिर्माणका लागि गाउँ गाउँमा इन्जिनियरको टोली राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट खटिएको बताइए पनि नगरपालिकामा दुई मात्र इन्जिनियर छन् ।
नगरपालिकामा तीन हजार ६१० लाभग्राही छन् । सोका लागि पाँचभन्दा बढी इन्जिनियरको अवश्यकता पर्छ । अहिले दुई इन्जिनियरले मात्र काम गर्नुपर्दा समस्या भएको इन्जिनियर प्रभाष यादवले बताए ।
प्राधिकरणको काम गर्न नगरपालिकाको कार्यालयमा एक जना बस्नुपर्ने र एक जनाले तीन हजार छ सय १० लाभग्राहीका लागि स्थलगत रुपमा काम गर्नुपर्ने हुँदा पुनःनिर्माणको काम प्रभावित हुँदै गएको यादवको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4