Comments Add Comment

अर्बपतिसँग अनुहार मिलेपछि रातारात स्टार बने ८ वर्षे चिनियाँ बालक

jack-ma-and-fan-xiaoqin

पूर्वी चीनका ८ वर्षका एक बालक रातारात इन्टरनेटमा स्टार बनेका छन् । र, यसको कारण पनि अनौठो छ ।

बालकको नाम फू श्या किन हो र, उनको अनुहार ज्याक मासँग मिल्छ । ज्याक त्यही व्यक्ति हुन्, जसलदे ई-कमर्स कम्पनी अलिबाबा स्थापना गरे र चीनका अर्बपति हुन् ।

चीनको समाजिक सञ्जालमा यो पनि हल्ला चलेको छ कि ज्याककी आमाले फू श्या किनको अध्ययनको जिम्मा लिएकी छन् ।

यसबारे अलिबाबा कम्पनीले भनेका कि यो सबै खबरलाई जोकका रुपमा लिनुपर्छ । … एक बच्चाको शिक्षाका लागि पैसा खर्च गर्न सजिलो छ । तर, लाखौं गरीब बच्चाका लागि सहयोग गर्न निकै स्रोत साधन चाहिन्छ ।’

किनको परिवार जियांग्शी प्रान्तमा बस्छन् र आर्थिक अवस्था कमजोर छ । किनका बुबा फू जियाफाको एउटा खुट्टामा समस्या छ र सरकारबाट पाउने सहयोगमा निर्भर छन् । उनकी आमा पोलियोबाट ग्रस्त छिन् ।

ज्याक मा जस्तै देखिएका कारण चर्चामा आएपछि उनलाई फिल्म र विज्ञापन खेल्ने अफरहरु आएका छन् ।

उनका बुबाले भनेका छन्, यो राम्रो कुरा हो कि मेरो छोरा ज्याक मा जस्तै देखिन्छन् । तर, म चाहन्नँ कि मेरो छोरा अहिले नै फिल्ममा काम गरोस् र पैसा कमाओस् । शिक्षा नै मुख्य हो ।’

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment