Comments Add Comment

पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावको कांग्रेसमै चर्को विरोध

congress-meeting

१३ मंसिर, काठमाडौं । पाँच नम्बर प्रदेश बिभाजनको विषयमा प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्र मत बाझिएको छ ।

सरकारले संविधान संशोधन विधेयक अघि बढाउनु अघि कांग्रेसले प्रदेश नम्बर पाँचका नेताहरुसँग छलफल गरेको थियो, जहाँ प्रदेश बिभाजनको चर्को विरोध भएको थियो ।

दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा अधिकांशले पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावको विरोध गरे ।

बैठकपछि नेता डा. रामशरण महतले भने, ‘पाँच नम्बर प्रदेश टुक्राउन हुन्न भन्नेमा अधिकांशको मनसाय देखियो ।’

नेतृ पुष्पा भुसालका अनुसार बैठकमा नेताहरुले सीमांकन चलाउँदा आन्दोलन हुने बताएका थिए ।

तर, सरकारका कांग्रेसको नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने पहाडी जिल्लाहरुलाई अन्य प्रदेशमा गाभेर पाँच नम्बर प्रदेशलाई नवलपरासीदेखि बर्दियासम्मको बनाउनुपर्ने प्रस्ताव राखे । बैठकमा सभापति शेरबहादुर देउवाले पनि सोही प्रस्तावबारे नेताहरुलाई जानकारी गराएका थिए ।

कांग्रेसले एमाले र मधेसी मोर्चाको सहमतिमा नै संविधान संशोधन अघि बढाउनुपर्ने भन्दै थप छलफल गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment