Comments Add Comment

आउँदो फेब्रुअरीमा नोकियाको नयाँ स्मार्टफोन

nokia-smartphoneकुनै समय मोबाइल बजारमा प्रभुत्व जमाएको फिनिस कम्पनी नोकियाले आगामी वर्षदेखि स्मार्टफोन बजारमा प्रवेश गर्ने योजना बनाएको छ ।

केही दिनअघि नोकियाको क्यापिटल मार्केट दिवसको अवसरमा सार्वजनिक भएको जानकारी अनुसार आगामी फेब्रुअरीमा आयोजना हुने वल्र्ड मोबाइल कंग्रेसमा नोकियाले आफ्नो स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोनको दुनियामा इन्ट्री गर्नेछ । अहिले यो तथ्य औपचारिक रुपमा खुलासा भएको छ ।

नोकिया ब्राण्डका स्मार्टफोनको उत्पादन गर्ने लाइसेन्स भएको कम्पनी एचएमडी ग्लोबलले मोबाइल वल्र्ड कंग्रेसका अवसरमा आगामी फेब्रुअरी २७ मा एक कार्यक्रम आयोजना गर्ने तय भएको छ । यद्यपि अरु विस्तृत विवरण भने खुलाइएको छैन । उक्त अवसरमा नोकियाका कति प्रकारका स्मार्टफोन सार्वजनिक हुनेहुन् त्यो भने हेर्न बाँकी छ ।

डि वान सी नामक स्मार्टफोन नोकियाको पुनरागमनको पहिलो स्मार्टफोन हुने बताइएको छ । उक्त सम्भावित स्मार्टफोनमा ६४ बिट क्वालकोम स्नापड्रागन ४३० अक्टाकोर प्रोसेसर, ३ जिबीको र्याम, ३२ जिबीको इन्टर्नल स्टोरेज, फुल एचडी स्क्रिन तथा एडरेनो ५०५ जिपियु रहने बताइएको छ । उक्त स्मार्टफोन १३.८ इन्च स्क्रिनको हुने र फ्याब्लेट आकारको रहने पनि बताइएको छ ।

त्यस्तै सोही अवसरमा नोकियाले दुई एन्ड्रोइड फ्लागसीप स्मार्टफोन सार्वजनिक गर्ने पनि हल्ला छ । जसमा स्नापड्रागन ८२० प्रोसेसर, ५.२ वा ५.५ इन्चको क्वाड एचडी डिस्प्ले, २२.६ मेगापिक्सेलको मुख्य क्यामरा र फोर के भिडियो रेकडिंग हुने मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment