+
+
Shares

नेपाल–भारत परियोजना अनुगमन संयन्त्रको बैठक आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १४ गते ९:१९

Nepal-India१४ मंसिर, काठमाडौं । नेपाल र भारतबीच सहमति भएका परियोजना अनुगमन संयन्त्रको दुई पक्षीय बैठक मंगलबार राजधानीमा हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला सहमति भएका परियोजना अघि बढाउन संयन्त्र गठन गर्ने सहमति भएको थियो ।

गत कात्तिकमा भएको दुई देशका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको  चौंथो बैठकले एक महिनाभित्र संयन्त्रको बैठक बस्ने निर्णय गरेको थियो ।

संयन्त्रको बैठकमा भारतीय पक्षको नेतृत्व भारतीय राजदूत रणजित राय र नेपाली पक्षको नेतृत्व पराराष्ट्र सचिव शंकरदास बैरागीले गर्नेछन् ।

संयन्त्रमा नेपालका तर्फबाट पराराष्ट्र, भौतिक योजना, अर्थ, वाणिज्य र पर्यटन मन्त्रालयका उच्च अधिकारीहरु सहभागी हुनेछन् ।

यस्तै भारतका तर्फबाट भारतीय दूतावासका उपप्रमखु, आर्थिक मामिला हेर्ने अधिकारी, पुनर्निर्माण हेर्ने अधिकारीलगात सहभागी हुनेछन् ।

भारतले सन् २०१४ मा प्रदान गरेको सहुलियत ऋणबाट सञ्चालन हुने सडक, महाकाली पुल र सिँचाइ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयढार गर्ने, तराई सडकको पहिलो चरण शीध्रतासाथ पूरा गर्ने, केही परियोजनाका लागि सहुलियत पूर्ण ऋण उपलव्ध गराउने, , सीमापार रेल परियोजना शीघ्र सम्पन्न गर्ने सहमतिलाई अघि बढाउने विषमा बैठकमा छलफल हुनेछ ।

बैठकमा अन्य थप तीवटा सीमापार रेल परियोजना सुरु गर्ने, भारत सरकारले भूकम्पपछिको पुनर्निमार्णका लागि प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने परियोजनालाई अन्तिम रुप दिने लगायतका विष्मा बैठकमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?