+
+

भागीरथी र टीकालाई प्रतिभा सम्मान र पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १४ गते १३:०१

puraskar-photo

काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको प्रतिभा सम्मान आख्यानकार भागीरथी श्रेष्ठ र प्रतिभा पुरस्कार गीतकार टीका चाम्लिङलाई दिने घोषणा गरेको छ ।

नोभेम्बर २६ मा फोकस्टोनमा बसेको प्रतिष्ठानको बैठकले पुरस्कारबारे निर्णय गरेको प्रतिष्ठानका महासचिव मिजास तेम्बेले जानकारी दिए । सम्मानमा ताम्रपत्र र बीस हजार रुपैयाँ छ भने पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।

भागीरथीको ‘मालती’, ‘यस्तो एउटा आकाश’ उपन्यास तथा क्रमशः, मोहदंश, विभ्रम, भूमिगत रातो गुलाफ कथासंग्रह प्रकाशित छन् ।

यस्तै खोटाङ नुनथलाका टीका चाम्लिङका ‘मुन्धुम र मालिङ्गो’, ‘जूनको बस्ती’, ‘समयको रङ’ र ‘सपनाको रङ’ गीतसङ्ग्रह प्रकाशित छन् । उनका दर्जनौं गीत सङ्गीतबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?