Comments Add Comment

भक्तपुरमा महिला र पुरुष मृत भेटिए

१४ मंसिर, भक्तपुर । भक्तपुरका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिकामा पुरूषको र सूर्यविनायकमा महिलाको शव फेला परेको हो ।

Bhaktapur-Mapअनन्तलिंगेश्वर नगरपालिका–११ स्थित दधिकोट अरनिको उच्च मावि नजिकै कुमार विक भनेर चिनिने अन्दाजी ५२ वर्षका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । निलो रङ्गको पाइन्ट, हरियो गल्बन्दी, खरानी रङ्गको ज्याकेट लगाएको र कपाल छोटो भएको व्यक्तिको शव भेटिएको हो । उनको वास्तविक नाम र ठेगाना भने खुल्न सकेको छैन ।

यसैगरी भक्तपुरको सूर्यविनायक आकाशेपुल मुनि मंगलबार नै करिब ५५ वर्षकी एक महिला मृत अवस्थामा भेटिएकी छन् । उनको पनि नाम र ठेगाना खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाइँका अनुसार दुबै शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment