Comments Add Comment

आवासीय चिकित्सकद्वारा आकस्मिक बाहेकका सेवा बहिष्कार

१५ मंसिर, काठमाडौ । विगत १८ दिनदेखि आमरण अनसरनरत डा. गोविन्द केसीको माग सुनुवाई नभएको भन्दै त्रिवि शिक्षण अस्पतालका आवसीय चिकित्सकहरुले आजदेखि आकस्मिक बाहेकका अन्य सेवा बहिष्कार गरेका छन् ।

Teaching-hospitalएशोसियसनले लामो समयदेखि अनसरनरत डा. केसीको जीवन रक्षार्थका लागि उनको माग सम्बोधन गर्न तर्फ सरकार सम्बेदनशील नरहेको जनाउँदै दबाव स्वरुप आजदेखि अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सेवा बहिष्कार गरेको जनाएका छन् ।

डा. केसीले आफ्ना दशौ अनसनका क्रममा आइओएमका डिन डा. केपी सिंह र त्रिवि उपकुलपति डा. तीर्थ खनियालाई पदबाट बर्खास्त लगायतका नौवुदे माग राख्दै आएका छन् ।

उनको मागका सम्बन्धमा सरकारपक्ष र वार्ता टोलीबीच अन्य विषयमा सहमति भएपनि बुदा नम्बर १ र २ मा सहमति हुन सकेको छैन । डा. केसीले आफ्ना माग पुरा नभएसम्म अनसन नतोड्ने अडान राख्दै आएका छन् । यता आईओएमका डीन डा. सिंहले पनि आफूले कुनै हालतमा पनि डीनको पदबाट राजिनामा नदिने बताएका छन् ।

त्यसैगरी,  टिचिङसहित काठमाडौ, भरतपुर, विराटनगर, धरान लगायतका देशभरका अन्य अस्पतालका आवासीय चिकित्सकहरुले समेत आकस्मिक सेवा बाहेकका अन्य सेवा बहिष्कार गर्ने जनाएका छन् । दशेभरका चिकित्सकहले अस्पतालका आवश्यक बाहेकका अन्य सेवा बहिष्कार गर्दा सर्वसाधारण मारमा परेका छन् ।

अनसनका कारण डा. केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि सरकार पक्षले उनको माग पुरा गर्न चासो नदेखाएपछि बाध्य भएर कडा कदम चाल्नु परेको एशोसियनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment