Comments Add Comment

सभामुख घर्ती र चिनियाँ राजदूतबीच भेटवार्ता

onsari-gharti-chinees-ambessoder१५ मंसिर, काठमाडौं । सभामुख ओनसी घर्ती मगर र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा सभामुख घर्ती र राजदूत यूबीच दुईपक्षिय हित र आपसी चासोको विषयमा छलफल भएको थियो ।

सभामुख घर्तीले चीनसँगको सम्बन्ध अझै घनिष्ट भएर जानेमा आफू विश्वस्त रहेको यूसँगको भेटमा बताएकी थिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको त्रिदेशीय साझेदारीलाई अघि बढाउने विषयमा आफू केन्द्रित हुने भेटका क्रममा चिनियाँ राजदूत यूले जनाएको सभामुख घर्तीले जानकारी दिइन् ।

राजदुत यूले सभामुख घर्तीलाई चीन भ्रमणको निम्तो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment