नायक रणवीर कपुर चलचित्र ‘ए दिल हे मुश्किल’को सफलताले केहि राहत महशुश गरिरहेका छन् । उनी अब, राजकुमार हिरानीले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा काम गर्दैछन् । यो चलचित्र नायक संजय दत्तको बायोपिकमा आधारित छ ।
उनै संजयले नायक रणवीर कपुरलाई आफ्नो घरको पार्टीमा बोलाएर मजाक बनाएका छन् । केहि दिन अगाडि संजयले आफ्नो घरमा एक पार्टीको आयोजना गरेका थिए । जुन पार्टीमा रणवीरका अलवा निर्देशक राजकुमार हिरानी पनि उपस्थित थिए ।
भारतीय पत्रिका डीएनएका अनुसार पार्टीमा पुगेका रणवीरलाई संजयले भने-‘म तिमीलाई लिएर एक चलचित्र बनाउन चाहन्छु । जसको नाम हुनेछ, ‘लड्डु’ । यसपछि हामी, इमरती, जलेबी र पेडा नाम गरेका चलचित्र बनाउनेछौ । मैले तिम्रो चलचित्र ‘वर्फी’ केहि दिन अगाडि हेरेँ । तिमी यस्ता बिषयका चलचित्र कसरि गर्न सक्छौ ।’
मदिरा सेवन गरेका संजयले रणवीरलाई यतिमात्र भनेर मजाक बनाएनन् । उनले थपे-‘राजकुमार हिरानी र विधु विनोद चोपडाले कसरि तिमीलाई मेरो बायोपिकका लागि अफर गरे ।’
यति भनेपछि संजय केहि सम्हालिए र भने-‘तिमीले माचो म्यान जस्तो भूमिका गर्न जरुरी छ । ‘वर्फी’ जस्तो चलचित्र कसरि गर्न सक्छौ ।’
प्रतिक्रिया 4