Comments Add Comment

सरकारी चालकहरुले मागे निजामती सरहको सुविधा

१५ मंसिर, ताप्लेजुङ । ताप्लेजुङका सरकारी कार्यालयहरुमा कार्यरत सवारी चालकहरुले आफुहरुलाई पनि निजामती कर्मचारी सरहको सेवा सुविधा दिन सरकारसँग माग गरेका छन् ।

सवारी चलाउँदा विभिन्न जोखिम हुने भएपनि आफुहरुलाई श्रेणी विहीन सवारी चालकको पदमा राखेर लामो समय सम्म काम लगाएको भन्दै स्थायी गरी निजामति कर्मचारीसरह सेवा सुविधा उपलब्ध गराउन जिल्ला प्रसासन कार्यालय मार्फत सरकार समक्ष माग गरेका हुन् ।

बुधबार जिल्लाका सरकारी कार्यालयका चालकहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सामान्य प्रशासन मन्त्रालयमा समेत मागपत्र पठाएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सवारी चालक ग्याल्बु शेर्पाले बताए ।

उनीहरुले मागपत्र प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई बुझाउँदै आफुहरुले जिल्लामा करीव १८ वर्ष देखि सरकारी कार्यालयको अनुसासित चालको रुपमा सवारी चलाए पनि प्रोत्साहन स्वरुप कार्यालयबाट पाउने सेवा सुविधा नपाएको गुनासो गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले माग पत्र बुभ\mदै स्थायी नियुक्तिसहित जीवन विमा लगायतका कुरामा पनि चालकहरुले ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

उनले अवको कार्यालय प्रमुखको बैठकमा सवारी चालकलाई कार्यालयहरुले दिइरहेको सेवा सुविधाका विषयमा प्रमुखहरुसँग जानकारी लिने र प्रकृया मिलेसम्म सेवा सुविधा थप गर्न निर्देशन दिने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment