Comments Add Comment

‘आजको डायरी’मा नम्रता सापकोटाः ‘सुगम पोखरेलसँग मिटिङ, छोराका लागि केक’

namrata sapkota
बिहान म सधै नै ८ बजे उठ्छु । आज पनि बिहान ८ बजे नै उठेँ । बिहान उठ्ने वित्तिकै मलाई चिया चाहिन्छ । फ्रेस नभई मैले कालो चिया पिएँ । विदेशबाट मेरो भाइको छोरा आएको छ । ३ बर्षको छोरासँग खेलेँ । यसपछि, फ्रेस भएर खाना खाएँ । खाना खाएपछि हामी तयार भएर बाहिर निस्कियौ । छोरा, म र दिदी भएर बाहिर निस्किएका थियौ ।

डिसेम्बरमा पोखरामा एउटा कार्यक्रम थियो । सोहि कार्यक्रमका लागि एउटा मिटिङ थियो । मिटिङमा सुगम पोखरेल दाई पनि हुनुहुन्थ्यो । मिटिङ एकदमै सफल भयो ।

मिटिङ सकेर हामीले लाजिम्पाटमै बसेर खाजा खायौ । खाजा खाएर म छोराको वर्थ डेका लागि केक अर्डर गर्न पुगेँ । केक अर्डर गरेपछि म पिज्जा खान गएँ । मेरो सवैभन्दा मनपर्ने खानेकुरा भनेकै पिज्जा हो । बालुवाटारको रोड हाउसमा रहेको पिज्जा म सधै नै खान्छु । छोराका लागि पनि पिज्जा प्याक गरेर अहिले म घर जाँदैछु ।

घर गएपछि, छोरासँग खेल्ने काम गर्छु । यसपछि, खाना खाएर १ घन्टा गीत छान्नु छ । कार्यक्रमका लागि गीत छानेपछि एकछिन प्राक्टिस पनि गर्छु । अहिले त, बेलुकी ‘वीग बोस’ हेर्ने बानी परेको छ । यो शो हेरेर सुत्दा जहिले नै १२ बज्छ ।

फेसबुक बिहान चलाएपछि चलाउन पाएकी छैन । अब, घर गएर टीभी हेर्दा एकछिन चलाउँछु । आजको दिन एकदमै सफल भयो । व्यवसायिक कामदेखि व्यक्तिगत कामसम्म एकदमै सफल भयो । यसैले, पनि आजको दिनलाई म ५ मा ५ नै दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment