१५ मंसिर, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनको विरोध गरिरहेको एमालेमाथि प्रश्न उठाएका छन् ।
भट्टराईले कांग्रेस र एमालेले ०७१ कात्तिक १७ गते सम्वाद समितिमा पेश गरेको सात प्रदेश र सरकारले दर्ता गरेको संशोधमा के फरक छ भनेर प्रश्न गरेका छन् । उनले भनेका छन्, दुबैमा तराई मधेसमा दुई प्रदेश छैनन् र ?
‘आफूले प्रस्ताव गर्दा देश नटुक्राने र त्यो ठूलो ‘राष्ट्रवादी’ कदम हुने तर, अहिले अरुले प्रस्तावित गर्दा त्यसले देश टुक्राउने र राष्ट्रघाती हुने यो कस्तो तर्क हो ?’ उनको प्रश्न छ ।
राजनीतिक दल र नेताहरुले दोहोरो चरित्र देखाएको उनको टिप्पणी छ । उनले भने, हिजो आफू सरकारमा हुँदा आन्दोलनकारीलाई अपराधी भनेको भन्दै उनले आज आफूले सडकमा टायर वाल्दा र सार्वजनिक सम्पत्ति तोडफोड गर्दा ‘महात्मा बुद्ध’ हुने ?
पूर्व प्रधानमन्त्री भट्टराईले नेताहरुलाई जिम्मेवार बन्न र जनताविरुद्ध जनता भिडाउने आत्मघाती राजनीति नगर्न अपील गरेका छन् ।
प्रतिक्रिया 4