
१५ वैशाख, काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भेटवार्तालाई तीव्रता दिएका छन् ।
सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहलाई भेट गरेका पूर्वप्रधानमन्त्री भट्टराईले नेपालका लागि पूर्वभारतीय राजदूतहरू श्याम शरण, राकेश सुद, रञ्जित रे र मंजिव सिंह पुरीसँग भेट गरेका छन् ।
भट्टराईले परराष्ट्र विज्ञहरू प्रा. मुनि र प्रा. मट्टुसँग पनि भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले जनाएको छ ।
यसअघि भट्टराईले भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता डा. मुरलीमनोहर जोशीसँग पनि भेट गरेका थिए ।
डा. भट्टराईले द हिन्दूसँगको अन्तर्वार्तामा नेपालमा देखिएको नागरिक असन्तुष्टि लोकतन्त्रप्रति नभएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको जिकिर गरे ।
डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटन समारोहमा सहभागी हुन शनिबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
प्रतिक्रिया 4