+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाबुरामको आरोप- राजनीतिक दलहरू राज्य दोहनको साधन बने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २० गते १५:५६

२० वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लोकतन्त्रमा दलहरू चहिने तर राजनीतिक दलहरू स्वार्थ समूह बनिरहेको बताउँदै उनले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने जानकारी दिए ।

‘हाम्रा दलहरू चाहिन्छ । लोकतन्त्रमा दलहरू नै विचारका वाहक हुन्छन् । तिनको प्रतिस्पर्धाले नै लोकतान्त्रिक वातावरण बनाउँछ । लोकतान्त्रिक जगमा नै विकास हुन्छ भन्ने सामान्य विकासको नियम पनि हो,’ भट्टराईले भने, ‘तर हाम्रा दलहरू भर्खर–भर्खर बनेको हुनाले ति दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्ता बनेका छन् ।’

नेपालका राजनीतिक दलहरु नयाँ रहेको र विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सीमित रहेको उनको आरोप छ ।

‘जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, त्यसको दोहन गर्ने, छिटो सम्पती आर्जन गर्ने । बिना लगानी सम्पती आर्जन गर्ने, एउटा थलो जस्तो हाम्रो राजनीतिक दलहरु बनेका छन्,’ उनले भने, ‘त्यसो भएको हुनाले राजनीतिक दलहरु भनेको विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुनुपर्छ । तर राज्य दोहनका साधन बनेका छन् । त्यसैले दलीय आवद्धता अब हाम्रो निम्ति असाध्यै ठूलो बाधक बनिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?