+
+

संविधान संशोधनको विरोध गर्दै एमालेद्वारा संसद अवरुद्ध

चीनकाजीले नियमापत्ति गर्दा होहल्ला

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १६ गते १८:३४

uml-in-parliament

१६ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ ।

संसदको बिहीबारको बैठक सुरु भएलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे । सरकारले संविधानको उल्लंघन गर्दै सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक ल्याएको उनको आरोप छ ।

५ नम्बर प्रदेशका पहाडी क्षेत्रलाई हटाएर तराईको मात्र प्रदेश निर्माण गर्ने प्रस्ताव आएको भन्दै एमाले उपाध्यक्ष गौतमले यसले पहाड र तराईलाई मिलाउन पाइन्न भन्ने आवाज बुलन्द भएको बताए । साथै दशलाई बर्बाद बनाउने र तराईलाई अलग राष्ट्र बनाउन मद्दत गर्ने बताए ।

samsad-abarodh

गौतमले बोलेलगत्तै एमालेसहित राष्ट्रिय जनमोर्चा, मालेका सांसदहरु उठेर विरोध गरे । सभामुख ओनसरी घर्तीले बिहीबारको बैठकमा संविधान संशोधन एजेण्डा नभएको भन्दै बस्न आग्रह गरिन् । तर, विपक्षी सांसदहरुले विरोध जारी राखेपछि संसद बैठक १७ गतेसम्मका लागि स्थगित भएको छ ।

चीनकाजीले नियमापत्ति गर्दा होहल्ला

एमाले उपाध्यक्ष गौतमले बोलिरहँदा कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले नियमापत्ति जनाए । संसद नियमावली अनुसार सभामुखमाथि आरोप लगाउन नपाइने उनले बताए ।

तर, एमाले सांसदहरुले श्रेष्ठको नियमापत्तिविरुद्ध होहल्ला गरे । लगत्तै सभामुखले कांग्रेस सचेतक श्रेष्ठलाई बस्न र गौतमलाई बोल्न आग्रह गरेपछि होहल्ला रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?