१६ मंसिर, काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आपासीय चिकित्सकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।
आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्ट्स एशोसियसन अफ न्याम्सको आहृवानमा भएको प्रदर्शनमा सयौंको सङ्ख्याका आवासीय चिकित्सकका साथै सर्वसाधारणको उपस्थिति थियो । माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले डा. केसीको मागप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका थिए । त्यस्तै उनीहरूले गोविन्द केसीकाे सत्याग्रहप्रति एेक्यवद्धता जनाउँदै ‘बोल न सरकार, सुन न सरकार, हाम्रा त डा. केसीबाहेक को छ र…’ लेखिएको प्लेकार्ड बाेकेका थिए ।
उनीहरुले पटक पटक डा. केसीको नैतिकताको परीक्षा नलिन पनि सरकारलाई चेतावनी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4