Comments Add Comment

सर्वाधिक पुरस्कार राशीको आर्चरी प्रतियोगिता पोखरामा सुरु

archery-game

१७ मंसीर, पोखरा । नेपालकै सर्बाधिक पुरस्कार राशीको तारा खेल (आर्चरी) प्रतियोगिता शुक्रबारदेखि पोखरामा शुरु भएको छ ।

मार्फा थकाली सेवा समितिको आयोजना तथा अमरसिंह-प्रिमो लालचन स्मृति प्रतिष्ठानको मूख्य व्यवस्थापनमा पोखराको मार्फा थकाली सेवा सदनको प्राङ्गणमा मंसीर २२ गतेसम्म हुने रनिङ शिल्ड प्रतियोगिताको वाणिज्य मन्त्री रोमी गौचन थकालीले शुक्रबार उद्घाटन गरे ।

थकालीसहित जनजातीहरुको परम्परागत तारा (आर्चरी) खेलको संरक्षण गर्ने उद्देश्यले सुरु भएको प्रतियोगितामा १३ टिमको सहभागिता छ । प्रतियोगिता संयोजक गोविन्द ज्वारचनका अनुसार प्रतियोगितामा कास्कीका ७, काठमाडौंका ३, बेनीको २ र बुटवलको १ टिमले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताको बिजेताले ७० हजार, उपविजेताले ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने गर्नेेले १८ हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र सबैभन्दा बढी खोल हाल्ने खेलाडीलाई जनही ५/५ हजार नगद प्रदान गरिने लालचनले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करीब पाँच लाख खर्च लाग्ने र त्यसको सम्पूर्ण खर्च अमरसिंह-प्रिमो लालचन स्मृति प्रतिष्ठानका संरक्षक तथा अमरसिंह लालचनका छोराहरु दीर्घसिंह र मोहनसिंहले बेहोर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment