Comments Add Comment

यस्तो हुनेछ नोकियाको पहिलो स्मार्टफोन, स्पेशिफिकेसन र तस्वीर भयो लिक

nokia-d1c-1कुनै समय मोबाइल उद्योगमा प्रभुत्व जमाएको नोकिया ब्राण्ड बजारमा पुनरागमन गर्ने तयारीमा छ । आगामी अंग्रेजी वर्ष नोकियाले डि वान सी नामको आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन लञ्च गर्ने बताइएको छ । नोकियाले ल्याउने भनिएको उक्त स्मार्टफानलाई सुरुमा एक बेन्चमार्क साइटमा देखिएको थियो र अहिले पुनः यसबारेमा एउटा खुलासा भएको छ की नोकियाले यो स्मार्टफोनका दुई भर्सन एकसाथ ल्याउनेछ ।

नोकिया पावरयुजरले आफ्नो सूत्रको हवाला दिँदै नोकियाको डि वान सी एन्ड्रोइड फोनका दुई मेाडेल हुनेछन् । डिस्प्ले साइज, र्याम तथा क्यामरा दुबैमा फरक रहनेछन् । सानो मोडेलको फोनमा ५ इन्चको डिस्प्ले, २ जिबीको र्याम तथा १३ मेगापिक्सेलको ब्याक क्यामरा हुनेछ । त्यस्ता ठूलो भर्सनमा ५.५ इन्चको डिस्प्ले, ३ जिबीको र्याम तथा १६ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ ।

रिपोर्ट अनुसार नोकिया डिवान सीमा १.४ गिगाहर्जको स्नापड्रागन ४३० प्रोसेसरका साथै अडि्रनो ५०५ जिपियू हुनेछ । यसमा एन्ड्रोइडको सबैभन्दा पछिल्लो ७ नोगट अपरेटिंग सिस्टम रहेनछ ।

आगामी १० वर्षसम्मको लागि नोकियाको लाइसेन्स लिएको कम्पनी एचएमडी ग्लोबलले हालै घोषणा गरेको थियो की उसले ग्लोबल ब्राण्डको रुपमा नोकिया ब्राण्डलाई पुनः लञ्च गर्दैछ । सन् २०१७ को सुरुमै नोकिया ब्राण्डका स्मार्टफोन बजारमा पेश गर्ने र त्यो सँगै फिचर फोन पनि ल्याउने उसको भनाई छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment