Comments Add Comment

के कंगनाले दिएकी थिइन् यस्तो बयान ?, जसले हुँदैछ यत्रो हंगामा

kangana ranaut 1
बलिउड नायिका कंगना रनावतको जीवनमा सफलता र विवाद एकसाथ आउँछन् । कंगना र नायक ऋतिक रोशनविच लफडा सकिएको छैन । उनीलाई लिएर अर्को विवाद सुरु भएको छ ।
एक मनोरञ्जन वेवसाइटमा कंगनाले दिएको बयानले अहिले चर्चा र विवाद दुबै निम्त्याएको छ ।

कंगनाले बलिउडका चर्चित नायिकाहरुलाई लिएर गरेको कमेन्टले विवाद निम्त्याएको हो । कंगनाले भनेकी छिन्–‘चलचित्रमा अफरका लागि नायिकाहरु चर्चित नायकको हरेक किसिमको अफर पुरा गर्न तयार हुन्छन् ।’

उनले अगाडि भनेकी छिन्–‘मसँगैका हरेक नायिकाले यो अवस्थालाई पार गरेका छन् ।’ वेवसाइटमा आएको यो इन्टरभ्यूलाई भने कंगनाले पूर्ण रुपमा अस्विकार गरेकी छिन् । आफूले यस्तो किसिमको कुनै इन्टरभ्यू नदिएको उनको भनाई छ । कंगना यस्ता किसिमका समाचार कसरि फैलन्छन् भनेर चिन्तामा रहेको उनको म्यानेजरले भारतीय मिडियासँग बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment