१८ मंसिर, काठमाडौं । अफि्रकी देश गाम्बियाको राष्ट्रपतिमा एडमा ब्यारोले अप्रत्यासित जित हात पारेका छन् । उनले २२ वर्षदेखि देशको राष्ट्रपति रहेका याहृया जमेहलाई हराएका हुन् ।
जमेहको हारपछि गाम्बियाको राजधानीमा मानिसहरु सडकमा निस्किएका छन् र हामी स्वतन्त्र छौं भन्ने नारा लगाएका छन् । ब्यारोले ४५ प्रतिशत मत पाएका छन् ।
को हुन त ब्यारो ? ५१ वर्षीय ब्यारो एक प्रोपर्टी डेभलोपर हुन् । १९६५ मा जन्मिएका उनी २००० मा लण्डन गए र रियल स्टेटको अध्ययन गरे । लण्डनमा अध्ययनका क्रममा उनले सुरक्षागार्डको काम गरेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।
सन् २००६ मा गाम्बिया फर्किएका उनले आफ्नो रियल स्टेट कम्पनी स्थापित गरे । २०१६ मा विपक्षी सात पार्टीको गठवन्धनको उम्मेदवार बने । र, जित पनि हात पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4