
२३ वैशाख, जनकपुरधाम । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थगित भएको छ ।
दुई पक्षबीच झडप भएपछि अधिवेशन भोलिसम्मका लागि स्थगित भएको निर्वाचन समितिले सूचना सुनाएको छ ।
अन्तिम मतदाता नामावलीमा नाम प्रकाशनलाई लिएर आज बिहान विवाद हुँदा कुर्सी हानाहान भएको थियो । त्यसपछि बिहानैदेखि दिउँसोसम्म अधिवेशन स्थल महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा झडप र तनाव जारी रह्यो ।
झडपमा पाँचजना घाइते समेत भएका थिए । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ । भोला यादव रघवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकरहरिया मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षका हुन् ।
वातावरण अशान्त बनेपछि निर्वाचन समितिले भोलिसम्मका लागि अधिवेशन स्थगित गरेको हो ।
वैशाख २० गतेदेखि जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्न प्रक्रिया अघि बढाइएको थियो।
प्रतिक्रिया 4