+
+
Shares

रेमिट्यान्सको भरमा देश चलाउने सोचबाट उठ्न सांसद अधिकारीको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले नेपालको मौलिकता र प्रविधिलाई जोडेर नयाँ आर्थिक मार्गचित्र बनाउनुपर्ने बताउनुभयो।
  • अधिकारीले युवा पलायन र रेमिट्यान्समा निर्भरता अन्त्य गर्दै डिजिटल नोम्याड भिसा तत्काल कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो।
  • उहाँले डिजिटल नोम्याड भिसाले विदेशी विज्ञलाई नेपालका विविध भुभागमा काम गर्न आकर्षित गर्ने र गाउँहरूमा समृद्धि ल्याउने दाबी गर्नुभयो।

३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको मौलिकता र प्रविधिलाई जोडेर नयाँ आर्थिक मार्गचित्र गर्नुपर्ने धारणा अघि सारेकी छिन्।

प्रतिनिधि सभाको शून्य समयमा सांसद अधिकारीले युवा पलायनका कारण रित्तिएका पहाड र मौन रहेका गाउँबस्तीको पीडादायी अवस्थाको अन्त्य गर्दै रेमिट्यान्सको भरमा मात्रै देश चलाउने सोचबाट माथि उठ्नुपर्ने बताएकी हुुन्।

प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई आकर्षित गर्न सरकारले तत्काल डिजिटल नोम्याड भिसा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिइन्। जसले विदेशी विज्ञहरूलाई नेपालको तराई, पहाड र हिमालको विविधतामा रमाउँदै काम गर्ने वातावरण दिने उनको दाबी छ।

‘प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कलाई डिजिटल नोम्याड भिसा दिएर हाम्रो कला, संस्कृति र चाडपर्वले समृद्ध तराई, मधेश, पहाड र हिमालको विविधतामा रमाइ काम गर्न आकर्षित गरौँ, अधिकारीले अगाडि भनिन्, ‘जब एउटा विदेशी विज्ञ नाम्चेको काख, राराको आँगन र रामारोशनमा बसेर विश्वका लागि सफ्टवेयर बनाउँछ, तब हाम्रा पहाडहरू, हाम्रा बस्तीहरू डिजिटल भिलेज बन्नेछन्। हाम्रा युवाहरूले आफ्नै आँगनमा बसेर विश्वस्तरको सीप सिक्नेछन्। यसले डलर मात्र ल्याउँदैन सभामुख महोदय, रित्तिएका गाउँहरूमा रौनक र समृद्धिको सञ्चार गर्नेछ। त्यसैले डिजिटल नोम्याड भिसा सरकारले तत्काल कार्यान्वयन गरोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?