Comments Add Comment

संगठन बिस्तार गर्ने माओवादी केन्द्रको निर्णय

फाइल तस्वीर
फाइल तस्वीर

१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनलाई मध्यनजर गरेर संगठनात्मक कार्ययोजना बनाउने निर्णय गरेको छ । उसले आइतबारको केन्द्रीय कार्यालय बैठकबाट संगठन विस्तार सम्बन्धि छलफललाई अघि पनि बढाएको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवास लाजिम्पाटमा आइतबार विहान पार्टी केन्द्रीय कार्यालय बैठक बसेको थियो । बैठकले निर्वाचन केन्दि्रत संगठनात्मक कार्ययोजना बनाएको र पोलिटव्युरो बैठकले त्यसलाई अनुमोदन गर्ने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रवक्ता भुसालका अनुसार पार्टीको माथिल्लो निकायमा पदपूर्ति गर्ने विषयमा पनि आजै औपचारिक निर्णय लिइने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment