
१९ मंसिर, काठमाडौं । संविधान संशोधनको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच दुरी बढेका बेला राष्ट्रपति विद्या भण्डारीले सर्बदलीय बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीको आह्वानमा शितल निवासमा बैठक जारी छ ।
प्रधानमन्त्री प्रचण्ड र सभामुख ओनसरी घर्तीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु बैठकमा सहभागी छन् ।
बैठकमा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रपति भण्डारीले संविधान संशोधन, कार्यान्वयन, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठकमा बोलाएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
यस छलफललाई दलहरुबीचको तिक्तता हटाउने प्रयासको रुपमा लिइएको छ ।
मधेसी मोर्चाका माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र सदनमा विरोध गर्दै आएको छ ।
प्रतिक्रिया 4