Comments Add Comment

‘स्टार स्क्रिन अवार्ड’मा अमिताभ र आलिया उत्कृष्ट नायक-नायिका(फोटोसहित)

aliya-bhatta-award
आइतबार राती भारतको मुम्बइमा भव्य रुपमा ‘स्टार स्क्रिन अवार्ड’ आयोजना भएको छ । बलिउडका चर्चित कलाकारको उपस्थितीमा भएको अवार्ड समारोहमा उत्कृष्ट नायकको अवार्ड अमिताभ बच्चनले जितेका छन् । चलचित्र ‘पींक’बाट उनले अवार्ड जित्दै गर्दा यहि चलचित्र उत्कृष्ट सावित भयो । चलचित्र ‘उड्ता पंजाब’बाट आलिया भट्टले उत्कृष्ट नायिकाको अवार्ड जितिन् ।

‘निरजा’का निर्देशक राम माधवानीले उत्कृष्ट निर्देशकको विधामा अवार्ड हात पारे । नायक सुशान्त सिंह राजपुतलाई चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’बाट उत्कृष्ट नायकतर्फ क्रिटिक्स अवार्ड प्रदान गरियो ।

स्वरा भाष्करलाई क्रिटिक्सले चलचित्र ‘नील ब्याटी सन्नाटा’बाट उत्कृष्ट नायिकाको अवार्ड दिए । ‘रुस्तम’ चलचित्रका निर्देशक तिनु सुरेश देसाइलाई ‘डेब्यू निर्देशक’को अवार्ड प्रदान गरियो भने बरुण धवनले चलचित्र ‘ढिस्यूम’बाट उत्कृष्ट कमेडी कलाकारको अवार्ड जिते । रीया सुक्लाले चलचित्र ‘निल ब्याटी सन्नाटा’बाट बाल कलाकारको अवार्ड जित्दा ‘धोनीः द अनटोल्ड स्टोरी’बाट दिसा पटानीले नव-नायिकाको अवार्ड जितिन् । ऋषि कपुरले ‘कपुर एण्ड सन्स’बाट उत्कृष्ट सह-अभिनेताको अवार्ड जिते ।
amitabh-bachan-award
सवना आज्मीलाई ‘नीरजा’बाट सह-अभिनेत्रीको अवार्ड प्रदान गरिएको समारोहमा अमिताभ भट्टचार्यले उत्कृष्ट गीतकारको अवार्ड चलचित्र ‘ए दिल हे मुश्किल’बाट प्राप्त गरे । यहि, चलचित्रबाट प्रीतमले उत्कृष्ट संगीतकार र अमृत मिश्राले ‘बुलिया’ गीतबाट उत्कृष्ट पाश्र्व गायकको अवार्ड जितेका छन् ।

पलक मुच्चालले चलचित्र ‘एम एस धोनीः द अनटोल्ड स्टोरी’बाट उत्कृष्ट पाश्र्व गायिकको अवार्ड जितिन् । चलचित्र ‘बार बार देखो’को ‘काला चश्मा’गीतबाट बोस्को-केइसरले कोरियोग्राफीको अवार्ड जित्दा ‘फितुर’ चलचित्रका छायांकार अनय गोश्वामीले उत्कृष्ट छायांकारको अवार्ड प्राप्त गरे । barun-dhawan-award

चलचित्र ‘शिवाय’बाट जय सिंह निज्जारले उत्कृष्ट एक्सनको अवार्ड जितेका थिए भने ‘निरजा’ चलचित्रको पटकथा उत्कृष्ट बन्यो । ‘पींक’ चलचित्रबाट रितेश शाहले उत्कृष्ट संवादको अवार्ड जित्दा ‘स्टार प्लसको नयाँ सोच’ अवार्ड नायिका आलिया भट्टलाई प्रदान गरियो । कार्यक्रममा भारतीय चलचित्रकी चर्चित नायिका रेखालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो । नायिका दीपिका पादुकोणले ‘वेष्ट स्टाइल आइकन अवार्ड’ जितेकी छिन् ।

अवार्ड कार्यक्रमको संचालन नायकद्ध साहरुख खान र सलमान खानले संचालन गरेका थिए । deepika-padukone-award

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment