Comments Add Comment

महिला स्वास्थ्यकर्मीको राज्यले उच्च सम्मान गर्छः स्वास्थ्यमन्त्री

Gagan_Thapa

२० मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले महिला स्वास्थ्यकर्मीहरुको श्रमको उच्च सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१३ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री थापाले महिला स्वास्थ्य स्वयमसेवीहरुको क्रियाशीलताको आधारमा उनीहरुको सुविधा र सम्मानको सुनिश्चित गर्न सरकार लागि पर्ने पनि स्पष्ट पारे ।

साथै मन्त्री थापाले महिला स्वयमसेवीहरुलाई आफनो भूमिकाको खोजीमा जुटन पनि आग्रह गरेका छन् ।

महिला स्वास्थ्य स्वयमसेविकाको निश्वार्थ सेवाः स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मूल नाराका साथ यो दिवस आज मनाइएको हो ।

नेपालमा ५१ हजार ४ सय ७० जना महिला स्वययसेवीकाहरुले जनताको निकट रही सेवा गरिरहेका छन् । उनीहरुको कामलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment