Comments Add Comment

कपिलको साथ छाडिन् तमन्नाले, कारण यस्तो

kapil-and-tamanna
चलचित्र ‘किस किसको प्यार करुँ’बाट बलिउडमा डेब्यू गरेका कमेडियन कपिल शर्मा अब दोश्रो चलचित्रमा अभिनय गर्ने तयारीमा छन् । उनले अभिनय गर्न लागेको दोश्रो चलचित्रको नाम ‘फिरंगी’ राखिएको छ । यो चलचित्रको छायांकन चाडै नै सुरु हुादैछ ।

पहिलो चलचित्रको सफलताले हौसिएका कलाकार कपिल दोश्रो चलचित्रबाट फेरि दर्शकको मनमा बस्ने तयारीमा छन् । यो चलचित्रमा कपिलसँग दुई जना नायिकाले रोमान्स गर्दैछन् । नायिका तमन्ना भाटिया र कपिलले पर्दा शेयर गर्ने पक्का भएको थियो । तर, अब तमन्नाले कपिललाई समय दिन नसक्ने बताएकी छिन् ।

तमन्ना अहिले नै चलचित्रका लागि समय निकाल्न नसक्ने अवस्थामा छिन् । तर, कपिलको यो चलचित्रको छायांकन चाडै नै सुरु हुँदैछ । यसैले, अब कपिल र तमन्नाको जोडी चलचित्रमा नदेखिने भएको हो । तमन्नाले चलचित्र खेल्न नसक्ने भएपछि अब कपिलका लागि अर्की नायिका खोज्नु पर्ने अवस्था आएको छ ।

यो चलचित्रमा इसिता दत्ताले पनि कपिलसँग रोमान्स गर्नेछिन् । ‘द कपिल शर्मा शो’ मार्फत दर्शकमाँझ सुपरस्टार बनेका कपिल बलिउडमा पनि आफ्नो करिअर चम्काउने दाउमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment