आफ्ना ब्यानरका मात्र चलचित्रमा मात्र काम गर्ने बताएपछि नायक आर्यन सिग्देलले धेरै चलचित्रको अफर टुक्राए । आर्यन आफ्नै प्रोडक्शनमा नयाँ चलचित्र निर्माण गर्ने तयारीमा थिए । यो चलचित्रका लागि आर्यनले आफ्नो वजन घटाउनुपर्ने थियो ।
आर्यनको वजन सोचे अनुरुप नघटेपछि चलचित्रका निर्देशक दिनेश राउत अहिले ‘पर्व’को काममा लागेका छन् । नम्रता श्रेष्ठको साथमा यो चलचित्रमा आर्यन नभई, कोशिश क्षेत्री हुनेछन् ।
आर्यनको हातमा अहिले चलचित्र नै छैन । एकपछि अर्को चलचित्रमा काम गर्दा आर्यनलाई दर्शकले पत्याउन छाडेका थिए । सायद, यहि भएर आर्यनले केहि समय ब्रेक नै लगाएको हुनसक्छ ।
उनै, आर्यन अहिले देश र विदेशमा हुने स्टेज कार्यक्रममा पुग्ने गरेका छन् । हालैमात्र, आर्यन कतारमा आयोजना भएको ‘भोजपुरी मेघा स्टार नाइट’मा सहभागी भए । उनले फेसबुकमा अपलोड गरेको तस्बिरले पनि पुष्टी हुन्छ कि, स्टेज तताउन उनी सफल भए ।
आर्यन, कहिले अष्ट्रेलिया त कहिले कतार पुग्ने गरेका छन् । तर, दर्शकले उनलाई पर्दामा भने कहिले हेर्न पाउनेछन्, पक्का भएको छैन । चलचित्र रिलिजको सेड्यूल हेर्ने हो भने, यो बर्ष आर्यनको ‘छक्का पन्जा’ नामक चलचित्रमात्र रिलिज भयो, जसमा उनी विशेष भूमिकामा देखिएका थिए । रोमान्टिक हिरो अब कस्तो अवतारमा आउलान्, यो भने प्रतिक्षा गर्नैपर्छ ।
प्रतिक्रिया 4