Comments Add Comment

स्थानीय निर्वाचन नहुँदासम्म सरकार परिवर्तन हुँदैनः सिटौला

२३ मंसिर, बिराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका छन् ।

Krishna-Prasad-Sitaulaबिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई सङ्क्षिप्त कुराकानी गर्दै नेता सिटौलाले सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको टिप्पणी गरे ।

उनले अघि भने, संसदमा दर्ता भएको सविधान संशोधनको प्रस्तावमा सबै दलबीच छलफल र आपसी सहमतिबाट पारित हुन्छ ।’

स्थानीय निकायको पुनःसंरचनाका विषयलाई लिएर विभिन्न ठाउँमा भइरहेको आन्दोलन अधिकारको अन्दोलन भएको उनले बताए । सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको भन्दै कांग्रेसका नेता सिटौलाले भने, ‘समस्या समाधानका लागि आन्दोलनरत दुवै पक्ष लचक भएर वार्तामा आउनुपर्छ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment